काठमाडौ, ११ असोज । इन्जिनवाला ठूलो र गह्रौं बोट क्रुज आइतबार नारायणीमा आएको बाढीले बगाएर गैंडाकोटतर्फ पुलको पिल्लरमा अड्किएको छ । क्रुज गह्रौं हुने र पुलको पिल्लरमा अड्किएका कारण जोखिम हुन सक्ने आकलन छ । आइतबार साँझ भएको उक्त घटनामा क्रुज सञ्चालक वा प्रशासनबाट आधिकारिक धारणा आएको छैन ।
लगभग सात वर्षअघि चितवनको भरतपुर–१६, मंगलपुरमा स्टेसन रहने गरी तयार भएको नेपालकै पहिलो क्रुजले गत वर्ष गैंडाकोटमा स्टेसन रहने गरी ठाउँ परिवर्तन गरेको थियो ।