Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतीय राजदूतको बिदाइ भोजमा को – को पुगे ?


469
Shares

भारतीय राजदूतको बिदाइ भोजमा को – को पुगे ?

काठमाडौ, १० असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि बिदाई भोजको आयोजना गरेका छन् । हिजो लैनचौरस्थित राजदूतावासभित्र आयोजित रात्रीभोजमा मन्त्री,अधिकांश राजनीतिक दलका नेता सहभागी थिए ।

साँझ साढे ६ बजेदेखि ८ बजेसम्म आयोजित रात्रीभोजमा युवा,श्रम, रोजगारमन्त्री रामजी यादव, प्रधानसेनापति अशोकराज सिग्देल देखिए भने सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल पनि त्यस अवसरमा सहभागिता रह्यो ।

भोजमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभामा मुख्य सचेतक कविन्द्र बुर्लाकोटी,सांसद डा.अमरेशकुमार सिंह पनि पुगेका थिए । त्यस्तै नेपाली कांग्रेसका नेताहरुमध्ये डा. शेखर कोइराला,प्रकाशमान सिंह,विमलेन्द्र निधि,अर्जुननरसिंह केसी,डा. प्रकाशशरण महत,डा।मिनेन्द्र रिजाल, चन्दा चौधरीलगायतको उपस्थिति रह्यो ।

नेपाली कम्युनिष्ट पार्टीबाट सहसंयोजक माधवकुमार नेपालसहित नेताहरु वर्षमान पुन,शक्ति बस्नेत,महेन्द्रराय यादव त्यसबेला भारतीय दूतावासमा पुगेका थिए भने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई पनि भोजमा उपस्थित थिए ।

यसैगरी जनता समाजवादी पार्टी जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव,जय नेपाल पार्टीका संयोजक धवलसमशेर राणा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्ला,जनता समाजवादी पार्टी जसपा नेपालका केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव,पूर्वराष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो पनि साँझ दूतावास पुगेका थिए ।

रात्रिभोजमा पूर्व प्रधानसेनापतिहरु प्रज्वलसमशेर जबरा,प्यारजंग थापा, गौरवसमशेर जवरा,पूर्व दुई तारे जर्नेल विनोज बस्न्यात,राई स्कूलका प्रिन्सिपल कृतिप्रसाद पाण्डे,सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका ब्रजेश खनाल,नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दिपक अधिकारीलगायत झण्डै पाँच दर्जनको सो कार्यक्रममा उपस्थिति रह्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology