Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बोर्लाङ ठाँटीबजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन, स्थानीयलाई बैंकिङ सेवा सहज


763
Shares

बोर्लाङ ठाँटीबजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन, स्थानीयलाई बैंकिङ सेवा सहज

गोरखा ७ असोज । गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ ठाँटीबजारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सेवा सञ्चालनमा आएको छ। गाउँपालिका र वडा कार्यालयको पहलमा असोज ७ गते बुधबारदेखि काउन्टर सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

बैंकिङ सेवा लिन सदरमुकामलगायत अन्य स्थानसम्म पुग्नुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्दै गाउँमै बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्यले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो।

काउन्टर सञ्चालनमा आएपछि भीमसेन थापा गाउँपालिकाभित्रका नागरिकलाई बैंक खाता खोल्न, रकम जम्मा तथा झिक्नलगायतका आधारभूत बैंकिङ कारोबार गर्न थप सहज हुने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो। बैंकिङ सेवाका लागि धाएरै जानुपर्ने स्थानीयक बाध्यता अव हटेको छ । काउन्टर सेवा उद्घाटनसँगै स्थानीय ७९ वर्षीया हिराकुमारी श्रेष्ठले पहिलो सेवाग्राहीका रूपमा बैंक खाता खोलेर सेवा लिनुभएको छ।

ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच विस्तारसँगै स्थानीयस्तरमा आर्थिक कारोबारलाई व्यवस्थित र सहज बनाउनसमेत काउन्टर सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो। बैंकिङ सेवाको पहुँच गाउँमै पुगेपछि स्थानीय व्यवसायी, ज्येष्ठ नागरिक, कर्मचारी तथा सर्वसाधारणलाई दैनिक आर्थिक कारोबारका लागि सहज हुने देखिएको छ।बोर्लाङ ठाँटीबजारमा बैंकिङ सेवा विस्तारसँगै अब गाउँमै आर्थिक कारोबारको ढोका खुलेको उहाँले बताउनुभयो । काउण्टर सञ्चालनका लागि एकजना कर्मचारी, एक जना कार्यालय सहयोगी र दुई जना सुरक्षा गार्डको व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology