गोरखा ५ असोज । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा आइतबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते हुनुभएकी सिराँचोक–२ काउँलेकी ८१ वर्षीया लालमाया गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल गोरखा पुर्याइएको थियो।
घटनालगत्तै उद्धार गरी उपचारका लागि आइतबार दिउँसो १२ः५० बजे अस्पताल भर्ना पु¥याइएकोमा लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। असोज ४ गते बिहान १०ः३० बजे सिराँचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा ग १ ज ६३८९ नम्बरको महिन्द्रा जीप भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गर्दा सडकको नालामा खस्दै भित्तामा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा जीपमा चालकसहित नौ जना सवार थिए। दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको उपचार सोही अस्पतालमा जारी रहेको छ। जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।