Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा बजारनजिक टिप्परले मोटरसाइकल ठक्कर दिँदा दुई जना घाइते


4.1K
Shares

गोरखा बजारनजिक टिप्परले मोटरसाइकल ठक्कर दिँदा दुई जना घाइते

गोरखा ४ असोज ः  गोरखा जिल्लाको गोरखा नगरपालिका–८ बराहास्थित सडकखण्डमा आइतबार दिउँसो १ः४५ बजे टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन्।

आहालेबाट गोरखा बजारतर्फ आउँदै गरेको लु.प्र. ०१–००१ क ०८५९ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प ६६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।

दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक, गोरखाको शहीदलखन गाउँपालिका–५ तिनमाने बस्ने २२ वर्षीय कृष्णबहादुर परियारको ढाडमा चोट लागेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १६ वर्षीय अग्नि परियारको दाहिने खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ। टिप्पर चालक मकवानपुर थाहा नगरपालिका–५ का बासिन्दा २८ वर्षीय सुदीप मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै सवारी साधन हाल नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology