Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको सिरानचोकमा यात्रु वोकेको जीप दुर्घटनाग्रस्त


1.4K
Shares

गोरखाको सिरानचोकमा यात्रु वोकेको जीप दुर्घटनाग्रस्त

गोरखा असोज ४  :  जिल्ला गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा आइतबार बिहान अन्दाजी १०ः३० बजे महिन्द्रा जीप दुर्घटनामा पर्दा चालकसहित नौ जना घाइते भएका छन्। दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल गोरखा पठाइएको छ।
सिराँचोक गाउँपालिका–७ सिम्लेका बासिन्दा विकास गुरुङले चलाएको ग १ ज ६३८९ नम्बरको महिन्द्रा जीप भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गर्दा थालाजुङस्थित सडकखण्डमा सडकको नालामा खस्दै भित्तामा ठोक्किएको थियो। दुर्घटनाको समयमा जीपमा चालकसहित जम्मा नौ जना सवार रहेका थिए।

दुर्घटनामा घाइते हुनेहरूमा सिरानचोक–२ काउँलेकी ८१ वर्षीया लालमाया गुरुङ जीपमा च्यापिएकी थिइन् र उनी बोल्न नसक्ने अवस्थामा गम्भीर रहेकी छन्। त्यसैगरी सिरानचोक –७ की ६८ वर्षीय कमलबहादुर घिमिरेको हात र खुट्टामा चोट लागेको र उनी पनि बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका छन्।

सोही ठाउँका ४८ वर्षीया सीता पाण्डेलाई बाहिरी चोट नलागेको तर छाती दुखेको र उनी बोल्न सक्ने मध्यम अवस्थामा रहेको जनाइएको छ। ४८ वर्षीय लोकबहादुर खड्कालाई बाहिरी चोट नलागेको र उनी बोल्न सक्ने मध्यम अवस्थामा छन्। ७३ वर्षीय कुलबहादुर सार्कीलाई पनि बाहिरी चोट नलागेको र उनी बोल्न सक्ने मध्यम अवस्थामा रहेका छन्।

सिरानचोक–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङलाई बाहिरी चोट नलागेको र बोल्न सक्ने मध्यम अवस्था रहेको छ। सिरानचोक–७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपालीलाई बाहिरी चोट नलागेको र बोल्न सक्ने मध्यम अवस्था रहेको छ, जबकि उनकी २१ महिनाकी छोरी रेविका नेपालीको खुट्टामा चोट लागेको र मध्यम अवस्थामा रहेको जनाइएको छ।

घटनास्थलमा प्रहरी टोली खटिइसकेको छ र जीप चालक हाल प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology