Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाका ५१ जना सम्पर्क विहिन


924
Shares

गोरखाका ५१ जना सम्पर्क विहिन

अस्मिता सिंखडा

गोरखा ११ भदौँ : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण त्यस क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका गोरखाका ५१ जना नागरिक सम्र्पक विहिन भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले हालसम्म जिल्लाका ५१जना सम्पर्कविहीन अवस्थामा रहेका विहिबार सार्वजनिक गरेको हो । प्राप्त विवरणअनुसार गोरखा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकहरु बाढीका कारण मानिसहरू सम्पर्कविहीन भएका छन् ।

जसमा पालुङटार नगरपालिकाका २८ जना, शहिद लखन गाउँपालिकाका ७ जना, धार्चे गाउँपालिकाका ३ जना, अजिरकोट गाउँपालिकाका ३ जना, आरुघाट गाउँपालिकाका १ जना, गण्डकी गाउँपालिकाका १ जना रहेका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाका ६ जना र गोरखा नगरपालिकाका २ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । वेपत्ताहरुको खोजीका लागि सवै पहल भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology