Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जापानमा सेप्टेम्बर ६ मा ‘गोरखा तीज फेस्टिभल २०२६’ हुँदै


2.8K
Shares

जापानमा सेप्टेम्बर ६ मा ‘गोरखा तीज फेस्टिभल २०२६’  हुँदै

सन्दिप सुनार

टोकियो, ४ भदौ । गोरखा समाज जापानको आयोजनामा आगामी सेप्टेम्बर ६, आइतबारका दिन टोकियोमा ‘गोरखा तीज फेस्टिभल २०२६’ आयोजना हुने भएको छ।

कार्यक्रम सेसियन सुगिनामी हल, उमेजातो, सुगिनामी सिटी, टोकियोमा साँझ ६ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कलाकार तथा गायक–गायिकाहरूको सांगीतिक प्रस्तुति रहेने गोरखा समाज जापानका महासचिव सुनिल देवकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा रबिन लामिछाने, सबिन गुरुङ, प्रकाश गुरुङ, मुकेश पुलामी मगर, सुजन गुरुङ, सुजन परियार, अनु क्षेत्री, सोना केसी, सुरज थापा मगर, दिनेश थापा र बिजय बनिया लगायतको सहभागी रहने समाजका अध्यक्ष अर्जुन ढकालले बताउनुभयो ।

सिमा गुरुङको संयोजक्तवमा हुने गोरखा समाज जापानको उक्त तिज फेष्टिवल कार्यक्रम निःशुल्क प्रवेश रहने आयोजकको भनाई छ। कार्यक्रममा जापान स्थित क्रियाशील संघ संस्थाहरू र सबैमा उल्लेखनीय सहभागिताका लागि अध्यक्ष ढकालले निमन्त्रणा सँगै अपिल गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology