गोरखा, ४ भदौ । गोरखामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाईते भएका छन् ।
हिजो बुधबार साँझ ७ बजेको समयमा बारपाक सुलिकोट गाउँपालिका(७ को बालुवामा चट्याङ लागेर स्थानिय ३५ बर्षका दिल बहादुर कुवँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर नजिकै रहेको पिपलको चौतारामा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो । चट्याङ लागेर घाईते भएका उनको उपचारको क्रममा राती ८ः२० बजे मृत्यु भएको हो ।
सोही चौतारामा बसी रहेका अर्का ५० बर्षका प्रेम बहादुर योगी घाईते भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । घाईते योगी भने उपचार पछी घर फर्किएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।