Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा


231
Shares

नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा

काठमाडौँ, १३ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा।चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन ।

गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो ।

घाइते डा।रामको हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँमा उपचार भइरहेको छ । उक्त घटनापछि चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्।

डा।सिंहका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए ।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपाल चिकित्सक सङ्घका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित हुनुभएको थियो ।

उहाँका अनुसार प्रशासनको उक्त व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology