Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको नारीघाटमा महिलाको बेवारिसे शव फेला


1.2K
Shares

गोरखाको नारीघाटमा महिलाको बेवारिसे शव फेला

गोरखा, १० साउन । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव फेला परेको छ। मर्स्याङ्दी नदीको किनारामा अन्दाजी ३५ देखि ४० वर्षकी महिलाको शव उत्तानो अवस्थामा फेला परेको हो।

स्थानीय बासिन्दाबाट प्राप्त जानकारीका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का संकलन कार्य पूरा गरेको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। प्रहरीले शवलाई पोस्टमार्टम र पहिचानका लागि गोरखास्थित प्रदेश अस्पताल पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको पहिचान गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखा सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी ) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology