Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीसमेन थापाको २५२ औँ जन्मजयन्ती गोरखामा बिभिन्न कार्यक्रम गरि मनाइयो


266
Shares

भीसमेन थापाको २५२ औँ जन्मजयन्ती गोरखामा बिभिन्न कार्यक्रम गरि मनाइयो

गोरखा, १० साउन । राष्ट्रिय विभूति मुख्तियार भीसमेन थापाको २५२ औँ जन्मजयन्ती शनिबार गोरखामा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । थापाको जन्मथलो भीमसेन थापा गाउँपालिका–८, बोर्लाङमा एक कार्यक्रमका बीच जन्मजयन्ती मनाइएको हो ।

भीमसेन थापा बोर्लाङ प्रतिष्ठान र भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ को संयुक्त आयोजनामा थापाको पुर्खौलीथलोमा जन्मजन्यन्तीको अवसरमा ठाँटीबजारदेखि भीमसेन थापाको हवेली दरबारसम्म पन्चेबाजासहित नाचगान एवं ¥याली निकालिएको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा भीसमेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारा, वडाध्यक्षहरु, प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु र स्थानीयबासीहरुद्धारा हवेली दरबारमा रहेको थापाको शालिकमा माल्र्यापण गरिएको थियो ।

कार्यक्रमलाइलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले भीमसेन थापाको योगदानको चर्चा गर्नुभयो । राष्ट्रिय विभूति थापाको निस्वार्थ भावले उहाँले अहिले सवैले सधै स्मरण गर्ने ठाउँमा पु¥याएको बताउनुभयो । अध्यक्ष बन्जराले थापाको नाममा रहेको हवेली दरवारको पुर्ननिर्माणको काम तत्काल अघि बढाउन गाउँपालिकाले पहल गरिरहेको उल्लेख गर्नुभयो । ‘‘पुरातत्व विभाग अन्र्तगत पर्ने भएकाले पालिका चाहाने वित्तिकै काम अगाडी बढाउन सक्ने अवस्था छैन्, उहाँले भन्नुभयो, ‘‘पुरातत्व विभागसंग आवश्यक छलफल र समन्व्य भइरहेको छ, गाउँपालिकाको तर्फवाट विभागलाई तत्काल काम अगाडी बढाउन दवाव दिइरहेका छौँ ।’’ भीमसेन थापा बोर्लाङ प्रतिष्ठानका अध्यक्ष राजु थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै भीमसेन थापा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय विभूति थापाको सम्झना र सम्मानमा मामाको घर गोरखा नगरपालिका–४ सतिपिपलस्थित भीमसेन थापा स्मृतिपार्कमा माल्र्यापणलगायतको कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुनप्रताप राणाले जानकारी दिनुभयो ।

पिपलथोकमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले उहाँको शालिकमा माल्र्यापण गर्नुभएको थियो ।

राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वका लागि अग्रेजसंग युद्ध लड्नु भएका थापा तत्कालीन राजदरबारको बिभिन्न षडयन्त्रमा परेर बन्दी अवस्थामा बि.स १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गर्नुभएको थियो ।

सोही घटनाको ८ दिनपछि उहाँले वीरगति प्राप्त गर्नुभएको इतिहासमा उल्लेख छ । भीमसेन थापाले २३ बर्षको उमेरमा नै सरदार पदवी प्राप्त गर्न सफल हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology