Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ : संयोजक प्रचण्ड


238
Shares

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ : संयोजक प्रचण्ड

काठमाडौं, ९ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनुभएको छ ।

शनिबार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रचण्डले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

‘हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्ने, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखापरेको निरकुंश प्रवृत्तिका विरुद्ध, निरङ्कुशताका विरुद्ध फेरि एकचोटि संघर्ष गर्ने दृढ अठोट गर्ने, संकल्प गर्ने कुरा पनि हो यो श्रद्धाञ्जली वा सम्मान कार्यक्रम, हामी सबैले यसलाई त्यसै रूपमा लिनुपर्ने संयोजक दाहालको भनाई छ ।

कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको पनि उहाँले बताउनुभयो । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology