Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार


560
Shares

ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

गोरखा ९ साउन । आँबुखैरेनी पोखरा सडकखण्डमा ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीले उद्धार गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५, चापाघाटमा सवारी चलाउँदै गर्दा एक्कासी चक्कर लागेर ढलेका ट्याक्टर चालकको प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–५, छोप्राक स्थायी घर भएका २६ वर्षीय सुजन बिकको प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएको थियो । शुक्रबार बिहान करिब ११ः१५ बजेको समयमा आफैले चलाइरहेको ग १ त ७२१७ नम्बरको ट्रयाक्टर चलाउदा चलाउँदै चक्कर लागेर ढलेका थिए ।

वि.क टयाक्टर मर्मतका लागि गोरखाबाट पोखरातर्फ लैजाँदै थिए । बाटोमा गुडिरहेकै अवस्थामा चालक बिकलाई एक्कासी चक्कर लागेर अचेत भई ढलेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले तत्काल घटनास्थलमा पुगी उद्धार गरेको थियो ।

उनलाई तत्कालै एम्बुलेन्सको व्यवस्था गरी उपचारका लागि प्रदेश अस्पताल, दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology