गोरखा, ८ साउन : उत्तरी गोरखाकी एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि हेलिकप्टरमार्फत उद्धार गरि उपचारका लागि काठमाडौँ पठाइएको छ ।
चुमनुब्री गाउँपालिका–४, छाककी २९ वर्षीय पेमा खाण्डो लामाको स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई हेलिकप्टरमार्फत शुत्रबार उपचारका लागि काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पु¥याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
सुत्केरी लामाको २९ हप्ताको गर्भबाट बच्चा जन्मिएको र बच्चाको मृत्यु भएको थियो । लगत्तै उहाँको अत्यधिक रक्तश्राव भएपछि गम्भीर विरामी पर्नुभएको थियो ।
लामाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि चुमनुब्री गाउँपालिका र प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाले तत्कालै उद्धारका लागि पहल थालेको थियो । सुत्केरी लामालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।