Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा स्कुटर चोरीमा संलग्न दुईजना पक्राउ


665
Shares

गोरखामा स्कुटर चोरीमा संलग्न दुईजना पक्राउ

गोरखा ७ साउन । गोरखा स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबाररातिको समयमा पार्किङ गरी राखिएको स्कुटर चोरी गरी लैजाने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनिहरुले मंगलबार रातको समयमा गोरखा नगरपालिका वडा नं ११, तेहकिलो बस्ने हस्त बहादुर रम्तेलले आफ्नो घर नजिकै पार्किङ गरी राखेको ना ३५ प ५३ नम्बरको स्कुटर चोरी भएको गरेका थिए । अनुसन्धानको प्रहरीले चोरीमाा संलग्न गोरखा नगरपालिका वडा नं ६ बस्ने बर्षीया २१ को विक्रम विक र अन्य एक जना नाबालकलाई प्रहरीले पक्राउ गरेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

चोरी भएको उक्त स्कुटर गोरखा पालुङटार नगरपालिका वडा नं १, मसानेठाँटीस्थित सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थपगरि अनुसन्धान अघि बढाइएको छ । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology