Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा लागुऔषध गाँजासहित ईभी कार र तीन जना युवा नियन्त्रणमा


4.5K
Shares

गोरखामा लागुऔषध गाँजासहित ईभी कार र तीन जना युवा नियन्त्रणमा

गोरखा ७ साउन । गोरखा लागुऔषध गाँजासहित ईभी कार र तीन जना पक्राउ परेका छन् । सहिदलखन गाउँपालिका वडा नं ७ लाखेडाँडास्थित चेकपोइन्टमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध गाँजासहित एक थान ईभी (इलेक्ट्रिक भेहिकल) कार र त्यसमा सवार तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यहीँ साउन १ गते साँझ करिब ७ बजेको समयमा नामजुङ क्षेत्रबाट गोरखा बजार तर्फ तीव्र गतिमा आउँदै गरेको ग ४ च २४२८ नम्बरको ईभी कारलाई प्रहरीको टोलीले चेकजाँचका क्रममा गाँजासहित उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार, उक्त गाडीमा सवार व्यक्तिहरूको साथबाट अन्दाजी ४२५ ग्राम लागुऔषध गाँजा फेला परेको थियो।

पक्राउ पर्नेमा ,गोरखा नगरपालिका–४ फिनाम घर भएका ३० बर्षीया कारचालक अमृत बयलकोटी, वडा नम्बर ९ ठिगुरेश्वारा घर भएका ३० बर्षीया प्रवेश कुँवर र २९ बर्षका सुवास दवाडी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय तथा सम्बन्धित प्रहरी इकाइको हिरासतमा राखिएको छ। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।

गाँजा कसले, कहाँबाट ल्याएको थियो र कहाँ लैजान लागेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइएको जनाएको छ। गोरखामा लागुऔषधको कुलत तथा यसको अवैध ओसारपसार बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा जाँचमा कडाइ गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology