Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मलामी जाँदा बेपत्ता भएका एक पुरुषको ७ दिनपछि शव फेला


420
Shares

गोरखामा मलामी जाँदा बेपत्ता भएका एक पुरुषको  ७ दिनपछि शव फेला

गोरखा, ६ साउन । गोरखाको अजिरकोट गाउँपालिका–४, तालफुटेघाटस्थित दरौदी नदीमा मलामी गएका बेला नुहाउने क्रममा बेपत्ता भएका एक पुरुषको ७ दिनपछि शव फेला परेको छ।

गत असार ३२ गते दिउँसो नदीले बगाएर बेपत्ता भएका अजिरकोट गाउँपालिका– ४ झ्यावाँ बस्ने अन्दाजी ४० वर्षीय शम्शेर नेपालीको शव बुधबार फेला परेको हो। यहीँ असार ३२ गते दिउँसो करिब १ः ०० बजेको समयमा नेपाली मलामी गएका थिए। सोही क्रममा दिउँसो १ः ३० बजे दरौदी नदीमा नुहाउने निहुँमा पसेका उनी अचानक नदीको तीव्र प्रवाहमा परी बेपत्ता भएका थिए।

घटनाबारे खबर प्राप्त हुनासाथ अमरसिंह प्रहरी पोस्ट चनौटे गोरखाबाट प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विक र इलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट प्रहरी निरीक्षक विशाल अधिकारीको कमाण्डमा १० जनाको विशेष प्रहरी टोली तत्कालै खोजी तथा उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको थियो। त्यसपछिका दिनहरूमा पनि निरन्तर खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको थियो।

घटना भएको ७ दिनपछि बुधबार बिहान अन्दाजी ९: ३० बजेको समयमा गोरखाकै सिरानचोक गाउँपालिका– ७ स्थित दरौदी नदीको किनारमा एक पुरुषको शव तैरिरहेको अवस्थामा भेटिएको र अनुसन्धानका क्रममा उक्त शव नेपालीको भएको पुष्टी भएको हो । फेला परेको शवको प्रकृति र हुलियाका आधारमा मृतकका छोरा सुनिल नेपालीले इलाका प्रहरी कार्यालयको उपस्थितिमा शव आफ्नै बुबा शम्शेर नेपालीको भएको पहिचान तथा सनाखत गर्नुभएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology