Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

धनमाल चोरीमा संलग्न भएको आरोपमा गोरखाका एक युवक पक्राउ


602
Shares

धनमाल चोरीमा संलग्न भएको आरोपमा गोरखाका एक युवक पक्राउ

गोरखा ५ साउन । गोरखाका एक युवकलाई प्रहरीले चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । मनाङ निस्याङ गाउँपालिकामा चोरी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले मनङमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ।

मनाङ निस्याङ गाउँपालिका वडा नं ९ स्थित खाङसारमा रहेको छेता गुरुङको पसलमा कोही नभएको मौका छोपी नगद तथा विभिन्न धनमाल चोरी गरी फरार भएका गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं ६ निवासी २३ वर्षीय रुबिन गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार प्रतिवादी रुबिन गुरुङले गत २०८२ साल कात्तिक २२ पसलमा कोही नभएको अवस्थामा धनमाल र नगद चोरी गरी फरार भएका थिए। चोरीको घटनापछि खोजतलास तीव्र पारेको प्रहरी टोलीले निरन्तरको प्रयासपछि उनलाई २०८३ साल साउन ३ गते नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका गुरुङमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा मनाङ जिल्ला अदालतमा पेस गरिएकोमा अदालते पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology