गोरखा ५ साउन । गोरखाका एक युवकलाई प्रहरीले चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । मनाङ निस्याङ गाउँपालिकामा चोरी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले मनङमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ।
मनाङ निस्याङ गाउँपालिका वडा नं ९ स्थित खाङसारमा रहेको छेता गुरुङको पसलमा कोही नभएको मौका छोपी नगद तथा विभिन्न धनमाल चोरी गरी फरार भएका गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं ६ निवासी २३ वर्षीय रुबिन गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार प्रतिवादी रुबिन गुरुङले गत २०८२ साल कात्तिक २२ पसलमा कोही नभएको अवस्थामा धनमाल र नगद चोरी गरी फरार भएका थिए। चोरीको घटनापछि खोजतलास तीव्र पारेको प्रहरी टोलीले निरन्तरको प्रयासपछि उनलाई २०८३ साल साउन ३ गते नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका गुरुङमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा मनाङ जिल्ला अदालतमा पेस गरिएकोमा अदालते पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको प्रहरीले जनाएको छ।