Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बाख्रा चराउन गएकी महिलाको करेन्ट लागेर मृत्यु


385
Shares

गोरखामा बाख्रा चराउन गएकी महिलाको करेन्ट लागेर मृत्यु

गोरखा, ४ साउन :  गोरखामा बाख्रा चराउन गएकी एक महिलाको आइतबार करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–२, कटुन्जेस्थित पुनाचौतारोमा विद्युतको तारले रुखमा छोएर विद्युत सर्ट हुँदा करेन्ट लागेर ६५ बर्षकी धनकुमारी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरुघाट गाउँपालिका वडा नं १ घर भएकी गुरुङको उपचारका क्रममा आरुघाट आधारभूत अस्पतालमा मृत्यु भएको हो । दिउँसो अन्दाजी ३ः२५ बजेको समयमा घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

रुखमा विजुलीको नाङ्गो तार सर्ट भई करेन्ट प्रवाह हुँदा चराउन लगिएको ५ वटा बाख्रा समेत घटनास्थलमै मरेको डिएसपी श्रेष्ठको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको छ । तस्विर: एआई

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology