Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा मलामी गएका व्यक्तिलाई दरौँदी नदीले वगाएर वेपत्ता


1.4K
Shares

गोरखामा मलामी गएका व्यक्तिलाई दरौँदी नदीले वगाएर वेपत्ता

गोरखा, १ साउन : गोरखामा मलामी एक व्यक्तिलाई दरौँदी नदीले बगाएर वेपत्ता वनाएको छ । जिल्लाको अजिरकोट गाउँपालिका–४, भ्यावाँ घर भएका ४० बर्षीय शम्शेर नेपालीलाई विहिवार नदीले बगाएर वेपत्ता वनाएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा उहाँलाई नदीले वेपत्ता वनाएको हो । गाउँपालिका अन्र्तगत पर्ने वडा नं ४ कै तालफुटेघाटमा नेपाली आफ्न्तको मृत्युपछि मलामी जानु भएको थियो । वेपत्ताको खोजीका लागि अस्थायी प्रहरी पोष्ट चनौटे र इलाका प्रहरी कार्यालय जौवरीबाट गएको प्रहरीको संयुक्त टोलीले खोजी कार्य तिव्र पारेको छ ।

नदीमा पानीको वहाव वढी भएकाले पनि खोजी कार्यमा कठिनाइ भएको प्रहरीको भनाई छ । आज विहानैदेखि स्थानीयबासीको सहयोगमा सुरक्षाकर्मीसहितको टोलीले दरौँदी नदी र यसका तल्लो तटीय क्षेत्रमा वेपत्ताको खोजी कार्य जारी राखेको जिल्ला प्रहरीले कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology