Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सहित ३४ जिल्लामा बाढीको जोखिम


329
Shares

गोरखा सहित ३४ जिल्लामा बाढीको जोखिम

गोरखा, २९ असार । आज गोरखा सहित ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गोरखा, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको जोखिम छ ।

सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी ९पश्चिम०, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बाढीको जोखिम क्षेत्रका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ ।

नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाको आग्रह छ ।

निरन्तर वर्षा भइरहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुनसक्ने महाशाखाले चेतावनी दिएको छ ।

सम्बन्धित जिल्लाका पालिका, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्वतयारी तथा सम्भावित विपद्का घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology