Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गणेश नेपालीको मृत्युप्रति परराष्ट्र मन्त्रालयद्वारा दुस्ख व्यक्त


308
Shares

गणेश नेपालीको मृत्युप्रति परराष्ट्र मन्त्रालयद्वारा दुस्ख व्यक्त

काठमाडौ, २६ असार । काठमाडौँस्थित राहदानी विभाग नजिकै आफैंमाथि पेट्रोल छर्केर आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त दुःखद घटनाप्रति मन्त्रालयको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिहीबार मोटरसाइकलमा ह्वील लक गरेको विषयमा विवाद हुँदा नेपालीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । काठमाडौं । काठमाडौँस्थित राहदानी विभाग नजिकै पेट्रोल छर्केर आगो लगाएका कारण मृत्यु भएका मुगुका गणेश नेपालीको घटनाप्रति परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त घटनालाई दुःखद् भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । प्रवक्ता क्षेत्रीले गणेश नेपालीको निधनप्रति मन्त्रालयको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

बिहीबार दिउसो १स्३८ बजेको समयमा मोटरसाइकलमा ह्वील लक गरेको विषयमा विवाद हुँदा नेपालीले आफैमाथि पेट्रोल छर्केर आगो लगाएका थिए ।

आगो लागेर गम्भीर भएका उनको उपचारको क्रममा विर अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology