Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पालुङटारका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थीको सामुहिक दुर्घटना बिमा


322
Shares

पालुङटारका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थीको सामुहिक दुर्घटना बिमा

गोरखा, २५ असार : गोरखाको पालुङटार नगरपालिकाका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सामुहिक दुर्घटना बिमा गरिएको छ । नगरक्षेत्र भित्रका विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीहरुको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

‘‘विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो, उहाँले भन्नुभयो,‘‘यसबाट नगरपालिका भित्र सामुदायिक विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरु लाभाव्दित हुनेछन् ।’’

विद्यार्थीहरुलाई बिमाको दायरमा ल्याउन नगरपालिका र आइजिआई प्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आज सम्झौता पत्रमा दुई पक्षीय हस्ताक्षर भएको नगरप्रमुख चिन्तनले बताउनुभयो । सम्झौतामा नगरपालिका भित्रका सवै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी दुर्घटनामा परेमा अतिकतम रु ७० हजारसम्मको बिमा उपलब्ध गराइने उल्लेख छ ।

विद्यार्थीहरुको बिमाका लागि नगरपालिकाले प्रति विद्यार्थी रु १०५ बिमा शुल्क र टिकटबापत रु २० शुल्क तिर्नुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । बिमा दावी भुक्तानी प्रक्रिया कम्पनीको नियम अनुसार हुने जनाइएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत सवै विद्यार्थीको भविस्यमा हुनसक्ने सम्भावित दुर्घटना र त्यसबाट पर्नसक्ने आर्थिक जोखिम न्युनीकरणका लागि बिमा कार्यक्रम लागू गरेको हो । यसबाट सामुदयिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउनसमेत मद्दत पुग्ने नगरप्रमुख चिन्तनको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology