Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पूर्वाधारमन्त्री लम्सालको धम्की – ‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं’


238
Shares

पूर्वाधारमन्त्री लम्सालको धम्की – ‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं’

काठमाडौं, २२ असार । पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उहाँले काम नगर्ने प्रदेशकामन्त्रीलाई पनि थुन्ने चेतावनी दिनुभएके हो।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस् । यसअघि उहाँले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए ।

यो अभिव्यक्तिका कारण उहाँको निकै आलोचना भएको थियो । अहिले फेरि उहाँले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिनुभएको हो । उहाँले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सोसल मिडियामा छ्याप्पछ्याप्ती छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका(५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम थियो । त्यहाँ उहाँले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology