Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मोटरसाइकलमा लागुऔषध ओसारपसार: गोर्खा प्रहरीद्वारा २१ र २५ वर्षका युवकहरू पक्राउ


651
Shares

मोटरसाइकलमा लागुऔषध ओसारपसार: गोर्खा प्रहरीद्वारा २१ र २५ वर्षका युवकहरू पक्राउ

गोरखा २१ असार । गोरखा प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित दुई जना युवकहरूलाई रंगेहात पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय आरुघाट, गोरखाबाट खटिएको विशेष प्रहरी टोलीले नियमित सवारी साधन चेकिङ गर्ने क्रममा उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आरुघाट गाउँपालिका वडा नं ०९, चापानीस्थित सडकखण्डमा सवारी साधनहरूको चेकजाँच भइरहेको थियो। सोही क्रममा गोरखा नगरपालिका वडा नं ०१, ताप्ले बस्ने २१ वर्षीय जीवन धितालले चलाएर ल्याएको ग ६ प ६७७५ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर खानतलासी गरेको थियो।

उक्त मोटरसाइकलको पछाडि सवार आरुघाट गाउँपालिका वडा नं ०९, आरुटार बस्ने २५ वर्षीय सरोज रोकाको साथबाट अवैध लागुऔषध ट्रामाडोल फेला परेको हो।प्रहरी टोलीले रोकाको साथबाट २२० क्याप्सुल प्रतिबन्धित ट्रामाडोल बरामद गरेको छ।

लागुऔषध फेला परेलगत्तै प्रहरीले मोटरसाइकलसहित चालक जीवन धिताल र पछाडि सवार सरोज रोका दुवै जनालाई तत्काल नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी धीरेन्द्र यादवका अनुसार पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम कानुनी कारबाही अगाडि बढाइएको छ।

पक्राउ परेकाहरु बिरुद्ध गोरखा जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology