Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा विश्व योग दिवसको अवसरमा निःशुल्क योग शिविर


455
Shares

गोरखामा विश्व योग दिवसको अवसरमा निःशुल्क योग शिविर

गोरखा, ८ असार । गोरखामा १२ औँ विश्व योग दिवसको अवसरमा आज निःशुल्क योग शिविर सम्पन भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा योग शिविर सञ्चालन गरिएको हो ।

योग शिविरमा सहभागीहरुलाई विविध योगासन, प्राणयाम, ध्यान तथा योगवारे जीवनोपयोगी जानकारीसहित योगाभ्यास गराइएको योगगुरु असोक शर्मा भट्टले जानकारी दिनुभयो । ‘‘योग शारीरिक अभ्यास मात्र नभएर आत्मावोध तथा आत्माशुद्धिको समग्र कल्याणतर्फ उन्मुख कार्यपनि हो, उहाँले भन्नुभयो, ‘‘यसवाट तनाव, असन्तुलन र मानसिक अशान्तिलाई कम गर्न योगाभ्यास अत्यावश्यक छ ।’’

सोही अवसरमा सहभागीहरुलाई योगाभ्यासको मार्गदर्शन र व्यक्तिगत जीवनमा सकारात्मक सुधारका उपाय बारेमा समेत अभिमुखीकरण प्रदान गरिएको भट्टको भनाई छ । बढदे भौतिकतावादी युगमा तनाव, अशान्तिवाट मुक्त भइ स्वस्थ्य सुखी र सार्थक जीवन जिउनका लागि योग अपरीहार्य रहेको उहाँले बताउनुभयो ।

गोरखा जिल्ला गुरु गोरखनाथको तपोभूमी पनि भएको र गोरखकालीको पवित्र स्थलमा गरिने योगाभ्यासको विशेष महत्व रहेको भट्टले बताउनुभयो । शिविरमा विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका कर्मचारी, स्थानीय नागरिक, जनप्रतिनिधिलगायतको सहभागिता रहेको जिल्ला समन्वय समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले बताउनुभयो ।

गोरखनाथ कल्याण केन्द्रको समन्वयमा आयोजित निःशुल्क शिविर नेपाल नेचुरल साउण्ड हिलिङ इन्टरनेसनको सहआयोजनामा सम्पन्न भएको हो । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, जिल्ला न्यायधिस विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

शिविरमा योग गुरुहरु असोकशर्मा भट्ट, योगप्रशिक्षक एलिस बन्जरा, मनोज दुवाडी, रुपेश श्रेष्ठ, कृष्ण शरण, अच्युत कृष्णलगायतले प्रशिक्षण प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology