Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण


406
Shares

गोरखामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण

गोरखा,८ असार । गोरखामा करिब दुई करोड रुपैँयाको लागतमा गोरखनाथको मन्दिर निर्माण गरिएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित आहालडाँडामा मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिनुभयो ।

‘‘मन्दिर निर्माणको काम अहिलेसम्म करिव ७० प्रतिसत सम्पन्न भइसकेको छ, उहाँले भन्नुभयो, ‘‘आउँदो फागुन महिना भित्र निर्माण सम्पन्न गरि मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’’

शिखरशैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तीसहित प्राणप्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने अध्यक्ष वस्न्यातको भनाई छ । उहाँका अनुसार आहालडाँडामा मन्दिरका लागि झण्डै ४ सय १७ रोपनी क्षेत्रफल जमिन भोगाधिकारका लागि अधिकार प्राप्त भएको छ ।

मन्दिर परिषर्मा ध्यानकेन्द्र, स्थानीय जातका गौशाला, धर्मशाला, प्रवचनकक्ष, निर्माण गर्ने तयारी भइरहेको छ । त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिषर्मा नै गुरुकुल सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

मन्दिरलगायत मन्दिर परिषरमा भौतिक संरचना निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारसंग आर्थिक सहयोग प्राप्त भएको छ । मन्दिर निर्माणका लागि अन्यसंघ संस्था र दाताहरुसंंग आर्थिक सहयोग भने नलिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology