Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आउँदो हप्ता पश्चिम तराईमा गर्मी बढ्ने, पूर्वमा पानी पर्ने


399
Shares

आउँदो हप्ता पश्चिम तराईमा गर्मी बढ्ने, पूर्वमा पानी पर्ने

काठमाडौं,३० जेठ । आउने हप्ता देशका पहाडी र तराई भेगमा हल्का गर्मी बढ्ने मौसमविदले बताएका छन् । आउँदो बुधबार र विहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढेर तातो दिने हुने सम्भावना समेत छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा विहीबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने छ ।

तराईको हकमा मधेश, बागमती र गण्डकी प्रदेशमा मंगलबार भित्र थोरै ठाउँमा तथा बुधबारदेखि विहीबारसम्म एकरदुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना रहेको छ ।

यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि विहीबारसम्म एकरदुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।
शुक्रबार र शनिबार भने कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालको भनाइ छ ।

पहाडी भेगको कुरा गर्नुपर्दा कोशी प्रदेशमा विहीबारसम्म नै केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिममा भने थोरै ठाउँमा विहीबारसम्म नै मध्यमसम्मकोपानी पर्ने पूर्वानुमान छ ।

शुक्रबार र शनिबार भने कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ । हिमाली भेगको कुरा गर्नुपर्दा कोशी प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा विहीबार भित्र मध्यमसम्मको हिउँ वा पानी पर्ने पूर्वानुमान छ ।

अहिले प्रिमनसुनको समय भएकाले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनापानीको पनि सम्भावना हुन भएकाले त्यसबाट हुनसक्ने सम्भावित क्षतिबाट जोगिने उपाय अपनाउन मौसमविदहरूले सुझाव दिएका छन् ।
समाचारको आधारमा फोटो बनाउ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology