Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कुटपिटपछि घरमै ढलेका गुरुङको मृत्यु, तीन जना पक्राउ


518
Shares

गोरखामा कुटपिटपछि घरमै ढलेका गुरुङको मृत्यु, तीन जना पक्राउ

गोरखा, ३० जेठ – गोरखामा तीन दिनअघि कुटपिटमा परेका एक व्यक्तिको मृत्यु भएको छ। बारपाक सुलिकोट गाउँपालिका–३ निवासी ४० वर्षीय सन्तबहादुर गुरुङको शुक्रबार साँझ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गुरुङ हाल गोरखा नगरपालिका–७ पन्थेश्वरामा बस्दै आएका थिए। बुधबार साँझ सदरमुकामस्थित गोरखा रोधी घरबाट निस्कने क्रममा भएको झगडापछि उनी कुटपिटमा परेका थिए।

शुक्रबार साँझ घरमै एक्कासी ढलेपछि उनलाई उपचारका लागि गोरखा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

गुरुङको मृत्यु कुटपिटबाट लागेको चोटपटकका कारण भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा भने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology