Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको भाउ तोलामा ५ हजार १ सय घट्यो, एक सातामै २४ हजार सस्तियो


693
Shares

सुनको भाउ तोलामा ५ हजार १ सय घट्यो, एक सातामै २४ हजार सस्तियो

 

काठमाडौं, २८ जेठ । बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । दुई दिनमै सुनको भाउ तोलामा १५ हजार २ सय रुपैयाँ घटेको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा सुनको भाउ तोलामा २४ हजार ४ सय रुपैयाँ घटिसकेको छ । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला आज ९० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ । यसअघि मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology