Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रम सँस्कृति पार्टीले गर्‍यो बेल घेराउ गर्दै संसदमा नाराबाजी


595
Shares

श्रम सँस्कृति पार्टीले गर्‍यो बेल घेराउ गर्दै संसदमा नाराबाजी

 

काठमाडौं, २७ जेठ । श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि समय नै नमागेका श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न पाउनु पर्ने माग गर्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई नबोलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेका थिए ।

श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले बोल्नका लागि सभामुख डीपी अर्यालसँग समय माग गरेका थिए । तर, सभामुखले समय दिएनन् । तर रास्वपा सांसद रिमा विश्वकर्मालाई समय बोल्न समय दिएपछि श्रम सँस्कृतिका सांसदहरु बेल घेराउ र नाराबाजीमा उत्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology