Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइतीघरमा नेकपाको प्रदर्शन


511
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइतीघरमा नेकपाको प्रदर्शन

काठमाडौं, २१ जेठ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले बिहीबार प्रदर्शन गर्नुभएको हो ।

देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उहाँहरूले प्रदर्शन गर्नुभएको हो । राष्ट्रिय अखण्डताको रक्षा गरौं, सीमाबारे गलत बोल्न पाइँदैन, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायतका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभाको १७ जेठको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology