Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार


560
Shares

ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार

काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताउनुभएको छ । ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भन्नुभयो, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’

विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए । ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो,’ ओलीले भन्नुभयो, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’

आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उहाँले बताउनुभयो । ‘‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उहाँले भन्नुभयो, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?,’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology