Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी


700
Shares

हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी

काठमाडौं, १९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोज्नुभएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।

बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ । नियमावलीको यही नियम स्मरण गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोज्नुभएको हो ।

‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि आजिर गर्नुभएको छ कि छैन रु’ साम्पाङले भन्नुभयो, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ ।’

प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वतस् रद्द हुने उहाँको आग्रह छ ।

साथै, प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ कहाा मिचेको छ भनेर जानकारी दिनुपर्यो । गल्त गरेको भए माफी माग गर्नुपर्ने समेत आग्रह गर्नुभएको छ

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology