Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो


259
Shares

सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो

काठमाडौं,१९ जेठ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ ।

आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताउनुभयो । म्याद अपुग भएकाले हामीले पाँच दिनको समय माग गरेका थियौं । पाँच दिन म्याद थप भएको पत्र प्राप्त भएको छ । अबको पाँच दिनभित्र छानबिन सकाएर प्रतिवेदन बुझाउछौं,’।

समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिलाई दिइएको १५ दिनको समय दिइएको थियो । उक्त समय हिजो सोमबार सकिएको छ । आजबाट थप पाँच दिनको समय लागु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology