Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

काभा महिला भलिबलको सेमिफाइनल आज, नेपालले इरानसँग खेल्दै


546
Shares

काभा महिला भलिबलको सेमिफाइनल आज, नेपालले इरानसँग खेल्दै

काठमाडौं, १४ जेठ । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलहरु आज हुँदैछ । आज घरेलु टोली नेपालले साविक विजेता इरानको सामना गर्दैछ भने अर्को सेमिफाइनलमा भारतले काजखस्तानसँग खेल्नेछ ।

८ टोली सहभागी च्याम्पियनसिपमा भारत र नेपाल क्रमशस् समूह ए को विजेता र उपविजेता तथा इरान र काजखस्तान समूह बी को विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सुरु हुनेछ ।

भारतले सन् २०२४ मा काठमाडौं भएको यस च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान भने यस च्याम्पियनसिप खेल्ने मध्ये सबैभन्दा माथि वरियतामा रहेको टिम हो ।

समूह ए मा भारतले ३ वटै खेल जितेर अपराजित रहेको थियो भने काजखस्तानले समूह बी मा दुई खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

यस्तै समूह बी को विजेता इरान र समूह ए को उपविजेता नेपालबीच साँझ ५ बजे कभर्डहलमै दोस्रो सेमिफाइनल हुनेछ । इरानले समूह बी मा खेलेको तीनवटै खेल जितेको थियो । जहाँ इरानले विपक्षी विरुद्ध सबै खेल सोझो सेटमा जितेको थियो ।

यसअघि सन् २०२४ मा काठमाडौंमा भएको प्रतियोगितामा इरान र नपालबीच दुई खेल हुँदा दुवैले एक–एक खेल जितेका थिए । यता नेपालले समूहए मा दुई खेल जित्दा भारतसँगको खेलमा भने पराजित भएको थियो ।

सेमिफाइनलका दुई विजेताबीच शुक्रबार फाइनल खेल हुनेछ । यस च्याम्पियनसिपको विजेता एसियन कपम छनोट हुने नपाल भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology