गोरखा १३ जेठ । गोरखाकी एक युवतीको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोट अधेरी गाउँ घर भएकी २७ बर्षकी सम्पदा गुरुङको बुधबार दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहुँ– पोखरा सडकखण्ड अन्तरगत तनहुँको सत्रसयमा आज विहान स्कुटर दुघर्टना हुँदा गम्भीर घाइते हुनुभएकी उहाँको उपचारका क्रममा मृत्यु भएको हो । अन्दाजी करिब ७ :३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।