Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा सदरमुकाममा माईक्रोले ठक्कर दिदा एक पुरुष घाईते


609
Shares

गोरखा सदरमुकाममा माईक्रोले ठक्कर दिदा एक पुरुष घाईते

गोरखा १३ जेठ ः गोरखा सदरमुकाममा बिहानै माईक्रोले ठक्कर दिदा १ पुरुष घाईते भएका छन् । घाईते हुनेमा गोरखा नगरपालिका–६ बोसेपानी निवासी ५३ बर्षका कुशुमलाल श्रेष्ठ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।

बुधबार बिहान ५ः२५ बजेको समयमा बा.प्र. ०१–००६ ख ६३२३ नम्बरको माईक्रोले ठक्कर दिएको हो । घाईते श्रेष्ठको गोरखा अस्पतालमा उपचार नभएपछी सदरमुकाममा नै रहेको गोरखा एनपिआई अस्पतालमा उपचार भइरहेको छ । उनको टाँउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।

गोरखाबाट काठमाडौं जादै गरेको उक्त माईक्रो प्यासेन्जर हाल्नको लागि हरमटारीदेखि ब्याकमा आएको र सडक किनारामा हिडीरहेका श्रेष्ठलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

माइक्रोले ठक्कर दिए लगत्तै कराउदा समेत माइक्रो ब्याक भइरहदा उनि माईक्रो मुनी परेको र केही मिटर धसारीएका थिए । तत्कालै माईक्रो अगाडी बढाएर श्रेष्ठलाई उद्दार गरि उपचारको लागी अस्पताल पठाइएको थियो ।

हरमटारीदेखी कालिमाटी चोकसम्म ब्याक गरेर आएको उक्त माईक्रो चालकका लापरवाहीका कारण उक्त घटना भएको हो । प्रहरीले घटनामा संलग्न माईक्रो र त्यसका चालक पालुङटार नगरपालिका–१ खोप्लाङका नारायण कुवरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology