Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संसद्‌मा विपक्षीको फेरि अवरोध, प्रधानमन्त्री उपस्थित नभएसम्म चल्न नदिने अडान


217
Shares

संसद्‌मा विपक्षीको फेरि अवरोध, प्रधानमन्त्री उपस्थित नभएसम्म चल्न नदिने अडान

काठमाडौं, १२ जेठ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेन संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गर्नुभयो ।
त्यसपछि सभामुखले बोल्न समय दिए । त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताउनुभयो ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताउनुभयो । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान, कानुन मानेर अगाडि बढ्नुपर्ने आग्रह गर्नुभयो । प्रधानमन्त्री केहीबेर मार्त्र भएपनि संसद्मा आएर रोष्ट्रममा उभिएर बोल्नुपर्ने उनको आग्रह छ ।

श्रम संस्कृति पार्टीका आरेन राइले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताउनुभयो । आगामी पुस्तालाई के सन्देश दिने भनेर सबैले ख्याल गर्नुपर्ने उहाँको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology