काठमाडौ,१२ जेठ । गैरकानुनी रुपमा राज्य कोषबाट गरिएको भीभीआईको उपचार खर्च पार्टीको कोषबाट फिर्ता गरिएकोबारे उठेको प्रश्नलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गर्नुभएको छ ।
कार्यकर्ता पंक्तिले सामाजिक सञ्जाल र अनौपचारिक आग्रह मार्फत यसबारे चासो राखेका थिए । थुप्रैले कार्यकर्ताको लेबीबाट उठेको पैसा नेतृत्वले गरेको गल्ती छोप्न खर्च गर्न नहुने भनेर आपत्ति जनाएका थिए ।
‘।।हिजो ठूलाबढाले गरेको करोडौं अनियमित खर्च मात्र पार्टी कोषबाट तिर्ने हो कि जन्दगीभर पार्टी काम गर्दागर्दै खानै समस्या परेका पार्टी कार्यकर्तालाई पनि थोरै हेर्ने हो,’ एमालेका पुराना नेता उदयराज पाण्डेले लेख्नुभएको छ ।