गोरखा, ९ जेठ : गोरखाको भिमसेन थापा गाउँपालिकाले पालिका भित्र वैकल्पिक चिकित्सा प्रवर्धनका लागि गाउँमै अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । वडा नं ५ स्थित वगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
‘‘गाउँमै अक्युपञ्चर सेवाको सुरु भएपछि नशा, जोर्नी र पक्षघात जस्ता विरामीको औषधि विना नै उपचार गर्नुपरे अबदेखि अन्यत्र धाउनु पर्दैन् ।’ उहाँले भन्नुभयो, ‘‘नागरिकलाई घरदैलोमै सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्य उपचार सेवा पु¥याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।’’
जिल्लामै पहिलो पटक भीमसेन थापा गाउँपालिकाले अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/२०८३ को स्वीकृत कार्यक्रम अन्र्तगत पालिकाभित्र अक्युपञ्चर सेवा सुरु गरेको शाखा प्रमुख खनालको बताउनुभयो ।
‘‘स्थानीय स्तरमा आधुनिक चिकित्सा पद्धतिसँगै परम्परागत तथा वैकल्पिक उपचारको पहुँच विस्तार भएको छ, उहाँले भन्नुभयो, ‘‘यसबाट जिल्लाभरका अक्युपञ्चर विधिबाट उपचार गर्न चाहाने विरामीहरु लाभाव्दित हुनेछन् ।’’