काठमाडौं, ७ जेठ। भारतमा एउटा सामान्य सुनुवाइका क्रममा गरिएको टिप्पणीले असाधारण राजनीतिक–डिजिटल आन्दोलन जन्माएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्त ले बेरोजगार युवालाई ‘ककरोच’ ९साङ्लो० सँग तुलना गरेको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ठूलो आक्रोश फैलिएको छ।
उक्त टिप्पणी सार्वजनिक भएको २४ घण्टाभित्रै विदेशमा बसिरहेका एक युवाले यसलाई आधार बनाएर ‘ककरोच जनता पार्टी ९ऋव्ए०’ नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सुरु गरेका थिए। अमेरिकामा रहेका ३० वर्षीय अभिजीत दिपकेले डिजिटल माध्यमबाट अभियान सुरु गर्दै वेबसाइट, घोषणापत्र र सामाजिक सञ्जाल अभियान एकैचोटि सक्रिय बनाएका थिए।
सीजेपीले आफूलाई औपचारिक राजनीतिक दल नभई युवाहरूको असन्तुष्टि र व्यङ्ग्यात्मक डिजिटल आन्दोलनका रूपमा प्रस्तुत गरेको छ। यसको नारा “धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक र अल्छी” भन्दै व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ, जसले बेरोजगारी र प्रणालीप्रतिको असन्तुष्टिलाई उजागर गरेको बताइएको छ।
छोटो समयमै यो आन्दोलन सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। हजारौँ प्रयोगकर्ताहरू केही घण्टामै जोडिएका छन् भने इन्स्टाग्राम लगायत प्लेटफर्ममा लाखौँ फलोअर्स पुगेको दाबी गरिएको छ। “मै भी ककरोच” ह्यासट्याग समेत भाइरल बनेको छ।
यस अभियानले ५ बुँदे घोषणापत्रमार्फत न्यायपालिका, संसद र मिडिया प्रणालीमा सुधारको माग अघि सारेको छ। यसमा राजनीतिक भ्रष्टाचार, मिडिया जवाफदेहिता र निर्वाचन प्रणाली सुधार जस्ता विषयहरू समावेश छन्।
यद्यपि यो आधिकारिक राजनीतिक दल नभए पनि यसको डिजिटल प्रभाव र युवा सहभागिताले भारतको राजनीतिक बहसमा नयाँ तरंग सिर्जना गरेको विश्लेषण गरिएको छ।