Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीको आरोपमा गोरखाका दुई युवक पक्राउ


2.1K
Shares

बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीको आरोपमा गोरखाका दुई युवक पक्राउ

गोरखा, ७ जेठ ः वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई करिब ८७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गोरखाका २ जना युवकलाई राजधानीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट स्थायी घर भई हाल काठमाडौँ–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टी गरेको हो ।

उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितहरूबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवकहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्काएर राखेको र रकम लिएपछि सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरूको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology