Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा रास्वपाको क–कसले पाए जिम्मेवारी ?


889
Shares

गोरखामा रास्वपाको क–कसले पाए जिम्मेवारी ?

गोरखा ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न गोरखा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

मंगलबार पार्टीले केन्द्रीय सदस्य, सांसद, सङ्घीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी तोकेको हो ।

रास्वपाका अनुसार स्थानीय तहदेखि जिल्ला तहसम्म हुने सङ्गठनात्मक भेला, अधिवेशन र आन्तरिक संरचना व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त जिम्मेवारी बाँडफाँट गरिएको छ ।

जिम्मेवारी पाउनेहरुमा पार्टी महामन्त्री तथा साँसद कबिन्द्र बुर्लाकोटी, साँसद सुधन गुरुङ, केन्द्रय सदस्य तथा साँसद एलिजा गुरुङ, साँसद सोभा खनाल, केन्द्रिय विभागका ध्रुव प्रसाद दाहाल र कृण्ण थापा र स‌ंघिय नेतृत्व मञ्चबा६ हरिशरण आचार्यलाई समन्वयको जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology