Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

तीन प्रदेशका केही स्थानमा वर्षा, पार्नी पार्ने प्रणाली पूर्वतर्फ सर्दै


511
Shares

तीन प्रदेशका केही स्थानमा वर्षा, पार्नी पार्ने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ, ३ जेठ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार मधेसमा विकसित पानी पर्ने प्रणाली पूर्वतर्फ सर्दै गएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । हाल मधेस प्रदेशमा स्थानीय एवम् पश्चिमी वायुको प्रभावका कारण मध्यमस्तरको हावाहुरीसहित वर्षा भइरहेको छ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

उहाँले भन्नुभयो, “मधेस प्रदेशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ । ठुलो हावाहुरी होइन, सामान्यभन्दा अलि ठुलो मध्यमस्तरको छ । मधेसमा विकसित भएको यो प्रणाली बागमतीको दक्षिण हुँदै कोशीतर्फ सर्दै गएको छ ।”

उहाँले आज बेलुकासम्म काठमाडौँ लगायत आसपासका जिल्लाका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेलुकापख काठमाडौँ लगायत आसपासका जिल्लाका थोरै स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology