Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सरकारका गलत कदमविरुद्ध सडक र सदनबाट प्रतिवाद गर्छौं : संयोजक प्रचण्ड


511
Shares

सरकारका गलत कदमविरुद्ध सडक र सदनबाट प्रतिवाद गर्छौं : संयोजक प्रचण्ड

सुर्खेत, ३ जेठ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत कदमविरुद्ध सडक र सदनबाट प्रतिवाद गर्ने बताउनुभएको छ ।

आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनुभएको हो ।

संविधान संशोधन बहसपत्र कार्यदलको काम, विद्यार्थी र कर्मचारी ट्रेड युनियन खारेजी, अध्यादेश लगायतका कारण सरकारको नियत सही नदेखिएको समेत उहाँको टिप्पणी छ ।

‘सरकारका पछिल्ला गतिविधिको समर्थन गर्न सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘बरु विरोध, प्रतिवाद गर्नुपर्ने, जनताको तहबाट आवाज उठाउनुपर्ने धेरै कुरा छन् । हामी सडक र सदनबाटै प्रतिवाद गर्छौं ।’

उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने पनि बताउनुभयो ।

पछिल्लो समय देशको राजनीति र सरकार सही ट्र्याकमा नरहेको समेत उहाँले बताउनुभयो । ‘आफैँले सदन बोलाउने, आफ्नो दुई–तिहाइ झन्डै छ, नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिन्छ, त्यो बाटो छोडेर सदनलाई छलेरअध्यादेशको बाटो जाने लाजमर्दो कुरा रह्यो,’ ‘त्यसको पनि हामीले प्रतिवाद गरिनै राखेका छौँ ।’ सुकुमवासीहरूको समस्या समाधान नहुँदा यसले गम्भीर प्रकृतिको समस्या आउने सक्ने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology