Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चुनाव जिते पनि हारे पनि कांग्रेस देशको राष्ट्रिय शक्ति हो : गगन थापा


420
Shares

चुनाव जिते पनि हारे पनि कांग्रेस देशको राष्ट्रिय शक्ति हो : गगन थापा

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जिते पनि हारे पनि वा चुनावमै भाग नलिएका बेला पनि देशको राष्ट्रिय शक्ति नेपाली कांग्रेस रहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय पार्टी चुनावी परिणामले मापन गर्ने भए पनि राष्ट्रिय शक्ति इतिहास, विचार, विश्वास र भूमिकाले गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, कांग्रेस पार्टी निर्वाचित जित्दा, हार्दा वा निर्वाचन नलडेका बेला पनि राष्ट्रिय शक्ति हो ।

‘नेपाली कांग्रेस निर्वाचन जित्दा, हार्दा वा पञ्चायतका पालामा निर्वाचन नलड्दा कांग्रेस राष्ट्रिय शक्ति नै थियो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय शक्ति भएकोले हेडलाइनमा के निस्कियो भनेर त्यसलाई पछ्याउँदै हिँड्ने र क्षणिक लाभहानिका लागि प्रभावित भएर निर्णय गर्ने पनि होइन ।

कहिलेकाहीँ हार्न तयार हुने हो, राष्ट्रिय राजनीतिमा उठेका विषयमा प्रतिक्रिया व्यक्त गर्न भन्दा पनि त्यसलाई दिशा दिने हो। सम्हाल्छ कसलेरु राष्ट्रिय शक्ति हो भने कांग्रेस छ भन्ने कांग्रेसलाई मत नहाल्नेलाई पनि लाग्नुपर्छ।’ सभापति थापाले निर्वाचनबाट जितेर आएको सरकारसँग शक्ति हुने भए पनि त्यसको सीमा हुने बताउनुभयो ।

‘संविधानले सीमाहरू कोरिदिएको हुन्छ, कानुन बनाउन पाउने अधिकार हुन्छ, कानुन केमा बनाउने र केका लागि बनाउने भन्ने कुरा परिभाषित हुने सभापति थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology