Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

३२ औं पटक सगरमाथा आरोहण गरी शेर्पाले तोडे आफ्नै रेकर्ड


511
Shares

३२ औं पटक सगरमाथा आरोहण गरी शेर्पाले तोडे आफ्नै रेकर्ड

काठमाडौं, ३ जेठ । कामीरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । आइतबार बिहान १०स्१२ बजे उनले ३२औं पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएको पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयले जनाएको छ ।

उहाँले सगरमाथा आरोहणमा आफ्नै रेकर्ड तोड्नुभएको हो । यसअघि उहाँले गत साल जेठमा ३१औं पटक सगरमाथाको आरोहण गर्नुभएको थियो ।

शेर्पाले पहिलो पटक सगरमाथा सन् १९९४ मा आरोहण गर्नुभएको थियो । विभागले शेर्पालाई बधाई समेत दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology