Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नाइजेरियामा आतङ्कवादीद्वारा दर्जानौँ बच्चाको अपहरण


350
Shares

नाइजेरियामा आतङ्कवादीद्वारा दर्जानौँ बच्चाको अपहरण

नाइजेरिया, २ जेठ । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतङ्कवादीले दर्जनौं स्कुलका बच्चालाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ ।

नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालयबाट ३५ देखि ४३ जना विद्यार्थी अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाले अनुमान गरेका छन् ।

नाइजेरियाली सेनाले सहर छोडेको केही समयपछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन् । सेनाले उक्त सहर छोडेको आधा घण्टाभन्दा कम समयमा मोटरसाइकलमा यस सहरमा आइपुगेका आतङ्ककारीले र प्राथमिक विद्यालय र शिशु स्याहारका बच्चाको अपहरण गरेको बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology